Banijya News

अन्जनको नेतृत्वमा उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति, को को भए विजयी ?

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण अञ्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बनेका छन्। अध्यक्षबाहेकका अन्य पदमा भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो, जसको अन्तिम मतपरिणाम बुधबार सार्वजनिक गरिएको छ।

महासंघको नेतृत्व परिवर्तनसँगै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने यो प्रमुख संस्थामा नयाँ रणनीति, प्राथमिकता र शक्ति सन्तुलनको संकेत देखिएको छ। अध्यक्षमा स्वतः चयन भएका श्रेष्ठको समूहले अधिकांश पदमा जित हासिल गरेको छ भने केही पदमा प्रतिस्पर्धी समूहले पनि उपस्थिति जनाएको छ।

एसोसिएटतर्फ प्रबलजंग पाण्डेको प्रभावशाली जित

एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भएका छन्। उनले हालकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लाई ३०० भन्दा बढी मतान्तरले पराजित गर्दै स्पष्ट जनमत प्राप्त गरेका हुन्। पाण्डेले १०७९ मत प्राप्त गर्दा श्रेष्ठले ७५० मतमा सीमित हुनुपर्‍यो।

यो परिणामले एसोसिएटतर्फ पाण्डेको समूहको बलियो प्रभाव देखाएको छ। पाण्डे नेतृत्वको प्यानलले अधिकांश सदस्य पदहरूमा समेत वर्चस्व कायम गरेको छ। एसोसिएट महिला सदस्यतर्फ पनि पाण्डेकै प्यानलका उम्मेदवार विजयी भएका छन्, जसमा जुना माथेमा (११५६ मत) र अभिज्ञा मल्ल (१०५९ मत) अग्रस्थानमा रहे।

यसैगरी, एसोसिएटतर्फका १७ सदस्य पदमध्ये १६ पद पाण्डेको प्यानलले जितेको छ। विजयी हुनेहरूमा सचिन ढकाल (१३१८), हेमन्त गोल्छा (१२०२), अम्बिकाप्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११५६), शक्तिकुमार बेगानी (११४२), ऋषि अग्रवाल (११२२), सुशिल थापा (१०९४), राजेशकुमार अग्रवाल (१०८२), सुयस प्याकुरेल (१०६९), रामशरण भण्डारी (१०४३), बाबुकाजी कार्की (१००६), दिवश न्यौपाने (९९१), कृष्णलाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), ईश्वरबहादुर जीसी (९४९) र सुरज उप्रेती (९०७) रहेका छन्। बटु लामिछाने (८६०) भने प्रतिस्पर्धी प्यानलबाट विजयी भएका एक मात्र सदस्य हुन्।

जिल्ला–नगरतर्फ शर्मा र दिलसुन्दर विजयी

जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत प्राप्त गर्दा दिलसुन्दर श्रेष्ठले ८० मत ल्याएका छन्।

उनीहरूका प्रतिस्पर्धी उमेश डालमीयले ५७ मत र कल्पना गैरेले ३४ मत प्राप्त गरेका थिए। जिल्ला–नगरतर्फ पनि अध्यक्ष श्रेष्ठको समूहकै उम्मेदवारहरूले जित हासिल गरेसँगै केन्द्रीय नेतृत्वमा उनीहरूको प्रभाव थप बलियो बनेको छ।

वस्तुगततर्फ कडा प्रतिस्पर्धा, नरेशलालको साँघुरो जित

वस्तुगत संघतर्फको उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। उनले प्रतिस्पर्धी शिवप्रसाद घिमिरे लाई केवल ३ मतले पराजित गरेका हुन्। नरेशलालले ६३ मत प्राप्त गर्दा घिमिरेले ६० मत ल्याएका थिए।

यो परिणामले वस्तुगत समूहमा प्रतिस्पर्धा निकै कडा रहेको संकेत गरेको छ। यस पदमा भने अध्यक्ष श्रेष्ठको समूहभन्दा फरक समूहको प्रभाव देखिएको विश्लेषण गरिएको छ।

 

एसोसियट महिला सदस्यमा पनि पाण्डेकै प्यानलका उम्मेदवार निर्वाचित भए। जुना माथेमा ११५६ र अभिज्ञा मल्ल १०५९ मतसहित निर्वाचित भए। ज्योत्सनाको प्यानलका शोभा ज्ञवालीले ७२१ र जमुना पौडेलले ७३२ मत पाइन्। एसोसियटतर्फ निर्वाचित अरु १७ सदस्यमध्ये १६ जना पाण्डेको प्यानलका छन्। एसोसिएट सदस्यतर्फ सचिन ढकालले १३१८, हेमन्त गोल्छा १२०२, अम्बिकाप्रसाद पौडेल ११८३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्तिकुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशिल थापा १०९४, राजेशकुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबुकाजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्णलाल महर्जन ९७४, प्रियराज रेग्मी ९५४, ईश्वरबहादुर जीसी ९४९, सुरज उप्रेती ९०७ र बटु लामिछाने ८६० मत ल्याएर विजयी भए।

बटु ज्योत्सनाको प्यानलका हुन्। जिल्ला नगर उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए। शर्माले ८७ मत र श्रेष्ठले ८० मत पाए। उनीहरु दुवै जना अञ्जनको समूहका हुन्। केही पदमा अझै मतगणना जारी छ।

1

Scroll to Top