Banijya News

सुन बजारमा पैरो, एकैदिन साढे १० हजारले घट्यो

1
1.0K Shares

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सनुचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । आज एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थयो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२६.४ अमेरिकी डलर र चाँदी ६३.३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

1

Scroll to Top