प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा १८ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा संकलन भएको २ करोड ७८ लाख ४२ हजारको तुलनामा ५७१ प्रतिशतले बढी हो।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको देखिन्छ।
५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २३ लाख १९ हजार, महाविपत्ति कोषमा २ लाख ३१ हजार, रिडेन्ड अर्निङमा ५ लाख ३३ हजार र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ।
चौथो त्रैमाससम्म पुनर्बीमा खर्च पनि १३ करोड १ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ करोड ३१ लाख रुपैयाँ थियो।
पुनर्बीमा पश्चात कम्पनीको खुद बीमाशुल्क ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जबकी अघिल्लो वर्ष सोही अवधिमा यो ४७ लाख ३० हजार मात्रै थियो।
वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ७ लाख १० हजारको तुलनामा ७९ प्रतिशतले बढी हो।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको यति उल्लेखनीय वृद्धि सँगसँगै नाफामा देखिएको सुधारले कम्पनीको वित्तीय आधार मजबुत हुँदै गएको संकेत दिएको छ।


