युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदमा नारायण कुमार भट्टराई नियुक्त भएका छन । हिजो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बीमा क्षेत्रमा लामो र सफल अनुभव सँगालेका भट्टराईलाई आगामी कार्यकालका लागि नेतृत्वदायी भूमिका दिने निर्णय गरेको हो ।
नेपाली बीमा बजारमा एक कुशल व्यवस्थापकको पहिचान बनाएका भट्टराई यसअघि तत्कालीन गुराँस लाइफ इन्स्योरेन्समा सीईओको रूपमा कार्यरत थिए । जीवन बीमा क्षेत्रको अनुभवपश्चात् अब उनले निर्जीवन बीमा व्यवसायतर्फ युनाईटेड अजोडलाई अघि बढाउने जिम्मेवारी पाएका छन । दुई ठूला कम्पनीहरू युनाईटेड र अजोड मर्जर भएपछि बनेको यस संस्थालाई थप उचाइमा पुर्याउन र बजारमा प्रतिस्पर्धी बनाउन भट्टराईको अनुभव निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ। नवनियुक्त सीईओ भट्टराईले आफ्नो नियुक्तिसँगै आवश्यक तयारी पूरा गरी आगामी सातादेखि औपचारिक रूपमा कार्यभार सम्हाल्ने बताएका छन ।


