Banijya News

दामोदर भण्डारीलाई नेपाल रि इन्स्योरेन्सको जिम्मेवारी

1
1.0K Shares

 नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) मा निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ।कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भण्डारीलाई तत्काल लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी हाल कम्पनीमा सहायक सीईओका रूपमा कार्यरत थिए।

नेपाल रि का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतमा अभियोगपत्र दायर भएपछि स्वतः निलम्बनमा परेका छन्। सोही कारण कम्पनीको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय कार्य सञ्चालनका लागि भण्डारीलाई जिम्मेवारी दिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियोगपत्र दायर गरेको थियो। थापा २०८१ जेठको दोस्रो साता नेपाल रि को सीईओमा नियुक्त भएका थिए।

1

Scroll to Top