हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा दोस्रो दिन आवेदन दिनेको संख्या ७ लाख भन्दा बढी पुगेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०८ बजेसम्ममा ७ लाख ३३ हजार ६६ जनाले १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा दोस्रो दिनसम्ममा २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ । यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसबाट २ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन बन्द छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सकिने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।


