गत आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा बागमती प्रदेशमा सबैभन्दा बढी घरभवनको स्थायी नक्सा पास भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्द्ध वार्षिक आर्थिक समिक्षा प्रतिवेदनमा गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा बागमती प्रदेशमा स्थायी नक्सा पास ३७.३३ प्रतिशतको उल्लेख्य अंकले बढेको छ।
प्रतिवेदन अनुसार, सुदुरपश्चिम प्रदेशमा भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.७७ प्रतिशत घरभवन स्थायी नक्सा पास भएका छन्। समिक्षा अवधिमा देशभरबाट कुल १४ हजार ९९२ वटा घरभवनको स्थायी नक्सा पास भएको थियो।
सम्पत्ति बीमाका हिसाबले निर्जीवन बीमकका लागि बागमती प्रदेश सबैभन्दा धेरै व्यवसाय हुने प्रदेश हो। बागमती प्रदेशभित्र घरभवनको स्थायी नक्सापासको वृद्धिले निर्जीवन बीमकको सम्पत्ति बीमामा सकारात्मक प्रभाव पारेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, गत आर्थिक वर्षको समिक्षा अवधिमा निर्जीवन बीमकको सम्पत्ति बीमावापतको बीमाशुल्क आम्दानी अघिल्लो आव २०८०।८१ को सोही अवधिको तुलनामा १८ प्रतिशत वृद्धि भएको छ।
प्राधिकरणका अनुसार, अघिल्लो आवको तुलनामा गत आव पुस मसान्तसम्ममा निर्जीवन बीमकको सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानी १६ प्रतिशतले वृद्धि भएको छ।


