व्यावसायिक घराना गोल्यान ग्रुपद्वारा सञ्चालित पाँचतारे सिटी होटेल लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सिटीलाई कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
होटेलको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । सिटीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनपछि होटेलको चुक्ता पुँजी तीन अर्ब एक करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
०८१ पुस २६ गते आयोजित होटेलको साधारणसभाबाट ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरिएको थियो । हकप्रद सेयरबाट संकलित रकम ऋण तिर्न खर्च गर्ने होटेलले जनाएको छ ।


