Banijya News

जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन आजबाट सुरु, कति लगानी गर्ने

1
1.1K Shares

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज, साउन १५ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार कम्पनीले कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। यसअनुसार, असार ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन्।लगानीकर्ताले यो हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

1

Scroll to Top