Banijya News

आफैँ सडक मर्मतमा जुटे समाजसेवी जोशी

1
1.4K Shares

कैलालीको बर्दगोरीया गाउँपालिका–६ मा वर्षा यामले भत्काएको सडक महिनौँसम्म मर्मत नहुँदा यात्रु, विद्यार्थी र किसानले दैनिक सास्ती सहनुपरेको छ । स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ता बिच अन्ततः समाजसेवी तथा युवा व्यवसायी खेम जोशी आफैँ मैदानमा उत्रिएका छन्।

जोशीपुर–भजनी सडक खण्डका हजारौँ खाल्डाखुल्डीले विद्यार्थी बोकेका सवारी साधनदेखि एम्बुलेन्ससम्म जोखिमपूर्ण यात्रामा धकेलिरहेको अवस्थामा भदौको पहिलो सातादेखि नै जोशी आफ्ना साथीसहित आफ्नै खर्चमा सडक मर्मतमा जुटेका हुन्। कोदाली–बेल्चा बोकेर सडकका खाल्डा पुर्दै गरेका जोशीले आवश्यक निर्माण सामग्री समेत निजी खर्चमा ल्याएर काम थालेका छन्।

जोशीको यस कदमले गाउँभर उत्साह जगाएको छ । सडकका खाल्डा मेटिँदै जाँदा विद्यालय जाने बालबालिका, बिरामी बोकेका एम्बुलेन्स चालक र किसानहरूमा समेत आशा पलाएको छ । जोशी बर्दोगोरिया गाउँपालिका–६ का राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति पनि हुन्।

उनले आफ्नो राजनीतिक र सामाजिक भूमिकाबाट प्रभावित भएर नै यस्तो काम गरेको बताएका छन्। उनले यस सडक मर्मत कार्यले सरकारलाई झकझक्याउने र भविष्यमा यस्ता समस्याको दीर्घकालीन समाधानका लागि दबाब दिने बताएका छन् ।

1

Scroll to Top