Banijya News

तत्कालीन गृहमन्त्री लेखकले आयोगसमक्ष के दिए बयान ? (पूर्णपाठसहित)

1
1.2K Shares

तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले नवयुवा आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई आवश्यकताभन्दा धेरै बल प्रयोगका लागि कुनै निर्देशन नदिएको बताउएका छन् ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिँदै लेखकले गृहमन्त्रीको हैसियतले आफूले सुरक्षा निकायलाई कुनै हताहत नहोस्, कसैको पनि ज्यान जाने अवस्था नआओस् भनेर सचेत गराएको बताए । उनले भने, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई÷तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहत (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु होला ।’

यस्तै तत्कालीन गृहमन्त्री लेखकले आन्दोलनमा घुसपैठ हुन सक्ने कुरामा पनि सुरक्षा निकायलाई सतर्क गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्छ, प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, सतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’

1

Scroll to Top