नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ । यस क्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रतिवेदन पेस गरेका छन् । बन्दसत्रमा पेस गरिएको प्रतिवेदनमा शर्माले जेन–जी विद्रोहको कारण पहिल्याउने प्रयास गरेका छन् ।
१) हामीले राजनैतिक, आर्थिक, प्रशासनिक, सामाजिक या कुनै पनि प्रश्नमा लगातार जे उत्तर पस्किरहेका थियौँ त्यसले नागरिक पंक्तिलाई छुन सकिरहेको थिएन । केही वर्षयता नेपाल श्रीलंका बन्ने आर्थिक मन्दीको त्रास र मनोबैज्ञानिक दबाब चलिरहेको थियो । व्यवसायी खासगरी साना व्यवसायी हतोत्साहित बनिरहेका थिए । इलामका प्रेम आचार्यले संसद भवनअघि गरेको आत्मदाह चरम निराशाको आत्मबिद्रोह थियो ।
२) हामीले मापन गर्ने गरेको आर्थिक वृद्धि दर उसैपनि कमजोर छँदै थियो, जागिरको तलबले धान्न नसक्ने बजार मूल्यका सामु, जागीरको खोजीमा भौंतारिरहेको बेरोजगार युवाको अवस्था झन् कस्तो थियो अनुमान गर्न सकिन्छ । जसले सुनिरह्यो– भ्रष्टाचारका प्रकरण । जसले देखि रह्यो –भौतिक पुर्वाधार निर्माणको ढिलाइ । जसले भोगिरह्यो– प्रशासनिक झन्झट । निश्चय नै उ हामीसँग खुशी थिएन ।
३) बितेको ३४ बर्षमा देशमा ३० पटक सरकार परिवर्तन भयो । यो आफैंमा हाम्रो अयोग्यता, चरम अस्थिरता र लज्जास्पद तथ्यांक हो । हामीले सोच्यौं– सरकार परिवर्तनको प्रत्येक मोडले आशा जगायो होला तर लामो अस्थिरताले आशा होईन क्रमशः निराशामा धकेल्यो देशलाई ।
४) सरकार बदलिए पनि नीतिगत स्थिरता छ, अत समुन्नतिको यात्रालाई असर पर्ने छैन भन्न मिल्ने अवस्था पनि हामीले बनाएनौं । जुन देशमा विकासको प्राथमिकता बदलिइ रहन्छ, या लहडमा योजना बनाइन्छन् या भत्काइन्छन् या राजनैतिक लाभको कोणबाट बजेट विनियोजन गरिन्छ । स्वभाविक छ त्यस्तो देश प्रगतिको अपेक्षित गतिमा अघि बढ्न सक्दैन ।
५) यद्यपि अस्थिरताका बिच पनि बितेको ३० बर्षमा शिक्षा, स्वास्थ, संचार र भौतिक पूर्वाधारको क्षेत्रमा अनेकन काम भएका थिए । निजी क्षेत्रको ब्यापक बिस्तार हाम्रै नीतिको सहउत्पादन थियो । तर भ्रष्टाचारका अनेकन प्रकरणको चर्चा र सुशासनको अभावका कारण जेजति प्रगतिका काम भएका थिए ती सबै ओझेलमा परे ।
६) संघीयतामा गयौं तर प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न ढिलाइमाथि ढिलाइ गरेर हामीले प्रदेश सरकारहरुलाई अपेक्षित रुपले सबल र सफल हुन सघाएनौं । सिंहदरबारसँग खुशी र सन्तुष्ट स्वयं मुख्यमन्त्रीहरु थिएनन् तर हामी भने दुरदराजका नागरिक पनि हामीसँग खुशी छन् भन्ने भ्रममा रह्यौं ।
७) खेतीको समयमा किसानले सन्चले मल नपाउँदा, भुक्तानी माग्दै उखु किसान काठमाडौं धाउनुपर्दा, खेतको डिलमा उभिएर कुनै पनि किसानले सरकार जिन्दावाद भन्दै–भन्दैन ! राज्यले तोकेको न्युनतम ज्याला पाउन पनि पटकपटक दबाब दिनुपर्दा कुनै श्रमिकले खुशीको गीत गाउन कसरी सक्छ ? प्रशासनिक कार्यालयमा घन्टौं उभिएको सेवाग्राहीले झन्झट भोगेपछि सरकार र सरकारमा रहेको दलको प्रशंसा कसरी गर्नसक्छ ?
८) शिक्षा र स्वास्थ नागरिकलाई निशुल्क उपलब्ध गराउने आर्थिक क्षमतामा देश निश्चय नै पुगेको छैन, तर नागरिक स्वास्थका लागि ल्याइएको बीमा कार्यक्रमले आशा जगाइरहँदा त्यसलाई अपेक्षित गतिमा सफल बनाउन सकिएन । उपचारको महंगो खर्च ब्यहोर्न‘ परेको नागरिकले सरकार या दललाई यसबीचमा निश्चय नै धन्यवाद दिएन, आलोचना नै ग¥यो ।
९) हामीले विश्वविद्यालयहरुको नेतृत्व चयन गर्न कुनै मर्यादित बिधिको विकास यो ३० बर्षमा गरेनौं । भागबन्डाको सजिलो फर्म‘ला छँदै थियो विश्वविद्यालय पनि अनि अस्पतालको नेतृत्वसम्म पनि । उपयुक्त व्यक्तिको चयन हुँदा पनि भागबन्डामा परेर नियुक्त भएको सन्देश जाने बित्तिकै मेरिटोक्रेसी स्थापित नगरेको दोष हामीले भोग्नुप¥यो अनि नकारात्मक छविले आकार लियो ।
१०) नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र ब्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरु थिए । तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयौं हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा ग¥यौं । कतिपय छनौट उपयुक्त नै थिए, तर मूलत यसले हाम्रो विधि उपर प्रश्न उठिरह्यो र नागरिक पंक्तिमा नकारात्मक छवि बढाउन योगदान पु¥यायो ।
११) यसो फर्किएर हेरौं त– राजनीतिकरणले ग्रस्त हुन बाँकी कुन क्षेत्र थियो ? नागरिक आजित थिए कि थिएनन् यसबाट ? हरेक क्षेत्रको आफ्नै मर्यादा, आफ्नै अलग पहिचान, आफ्नै अलग व्यवसायिक मनोबिज्ञान हुन्छ भन्ने गहिरो वास्तविकता बुझ्न हामीले किन चाहेनौ ? किन हरेक ठाउँमा हामीलाई आफ्ना मान्छे चाहिए ? यसले दिने दुष्परिणाम अनुमान नगर्नु हाम्रो गम्भीर भूल थियो ।
१२) शिक्षा विधेयक लामो प्रतीक्षापछि संसदमा आयो तर त्यसलाई निष्कर्षमा पु¥याउन नसक्दा त्यसले शिक्षक र बिधालय कर्मचारीमा असन्तुष्टि जारी राख्यो । परिवर्तित समय अनुरुपको शिक्षा विधेयक जारी गराउन शिक्षकहरूले पटकपटक आन्दोलन गर्नुपर्ने स्थिति आफैंमा दुःखद थियो ।
१३) हाम्रा कतिपय ब्यवहारले नागरिकको असन्तुष्टिको आगोमा क्रमशः चरु हालिरहेका थिए । महिना दिनमा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुनुनपर्ने, बजेट निर्माण गर्दा अमुक– अमुक क्षेत्रमा रकम लग्न अर्घेल्याई गरियो भन्ने खबर आउने, सुशासन स्थापित गर्ने जिम्मा बोकेको मन्त्रीले नै त्यसमा आघात पु¥याउने । सम्झौं त– न्भलश् प्रदर्सनको दुईदिन अघि एक मन्त्रीको मोटरले एक बालिकालाई ठक्कर दिएर भागेको घटना के सभ्य समाज सुहाउँदो बिषय थियो ? विल्कुलै थिएन ।
१४) सामाजिक संजाल विधेयक सत्ता गठबन्धनमा सहमति बेगर सरकारले दर्ता गरेको थियो । त्यसप्रति बिशेषत युवाहरूमा रोष छँदै थियो, संजालहरु नेपालमा दर्ता गर्न यसकारण अनिवार्य जरुरी छ भन्ने न्यारेटिभ विकास नगरि बन्द गर्दा र त्यसले उत्पन्न गर्ने प्रतिक्रियाले गम्भीर दुष्परिणाम ल्याउन सक्छ भन्ने आकलन गर्न नसक्दा अन्ततः त्यसले देशलाई जेन–जी बिद्रोहमा पु¥यायो ।
१५) तत्कालिन मुख्य कारण सामाजिक संजाल बन्द देखिए पनि यो बिद्रोहका पछिल्तिर थुप्रै राजनैतिक, आर्थिक, सामाजिक कारण थिए । असन्तुष्टि र निराशाको मैदानमा घुसपैठ गरेर त्यसलाई ध्वंसमा पु¥याउनेहरुले त मौकाको उपयोग गरे नै तर मानवीय क्षती बेगर भिड व्यवस्थापन गर्ने चुस्त र प्रबल रणनीति राज्य संयन्त्रबाट फेरि पनि प्रस्तुत भएन, यो दुर्बल र दुःखद चित्रको चिरफार जरुरी छ ।
१६) समग्रमा भदौ २३ र २४ को समिक्षा पुर्वाग्रहमुक्त भएर आत्मालोचित मनोबिज्ञानले गर्न जरुरी छ । नागरिकमा रहेको प्रश्न, असन्तुष्टि र निराशाको एकएक कारण पहिचान नगरी हामी सतही विश्लेषण मार्फत कस्तै औषधिले पनि दीर्घकालीन उपचार गर्न सक्ने छैनौं ।


