Banijya News

सुनको मुल्यमा ७ हजार दुई सय रुपैयाँको वृद्धि

1
1.1K Shares

आज शुक्बार नेपाली बजारमा सुनको मुल्यमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँले बढेको हो। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।

बिहीबार मात्रै सुनको मूल्य ६ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो। यससँगै दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले वृद्धि भएको छ।

यसअघि बुधबार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा झरेको थियो। मंगलबार ४ हजार ५०० रुपैयाँ र सोमबार १ हजार ४०० रुपैयाँले मूल्य घटेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको थियो।

यसअघि बुधबार चाँदीको मूल्य १५ रुपैयाँ, मंगलबार २५ रुपैयाँ र सोमबार १५ रुपैयाँले घटेको थियो।

1

Scroll to Top