Banijya News

सुनको मुल्यमा सामान्य गिरावट

1
1.0K Shares

आइतबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत आइतबार सुनको मूल्य २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । चाँदी आज तोलामा १० रुपैयाँ घटेसँगै ४ हजार ६०५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ६१५ रुपैयाँ थियो । गत आइतबार चाँदी ४ हजार ३२५ रुपैयाँ थियो ।

1

Scroll to Top