Banijya News

एलजीको नयाँ इसेन्सियल्स सिरिज पोखरामा सार्वजनिक

1
1.0K Shares

एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखरामा नयाँ ‘एलजी इसेन्सियल्स सिरिज’ सार्वजनिक गरेको छ । ‘हरेक घरको खुसी, घर घरमा एलजी’ भन्ने विशेष अभियानअन्तर्गत बजारमा ल्याइएको यस सिरिजले आधुनिक प्रविधिको माध्यमबाट नेपाली उपभोक्ताहरूको जीवनयापनलाई अझ सहज र गुणस्तरीय बनाउने लक्ष्य राखेको छ ।

नेपाली बजार र यहाँका ग्राहकहरूको आवश्यकतालाई विशेष रूपमा ध्यानमा राखेर डिजाइन गरिएको यस नयाँ शृंखलामा अत्याधुनिक डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा आधुनिक रुम एयर कन्डिसनरहरू समावेश गरिएका छन्, जसले नेपाली घरघरमा प्रविधिसँगै खुसी भित्राउने विश्वास गरिएको छ ।

1

Scroll to Top