Banijya News

आज उद्योगी व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री शाह

1
1.0K Shares

प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन आज बिहान ११ः३० बजे उद्योगी तथा व्यवसायीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद गर्दैछन्। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार, पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक संवाद हो, जहाँ मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार–निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल हुनेछ।

उक्त बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ ९सिएनआई० का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा। घनश्याम ओझा, तथा नेपाल चेम्बर अफ कमर्स ९एनसीसी० का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम रहेको छ।

1

Scroll to Top