Banijya News

बालमन्दिर जग्गा लिज प्रकरणमा आशा श्रेष्ठसहित तीनजना पक्राउ

1
1.1K Shares

बालमन्दिरको जग्गा लिजमा दिँदा भएको अनियमितताको अनुसन्धानका लागि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा आशा श्रेष्ठ सहित अन्य दुईजना रहेका छन्। सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ। बालमन्दिरको जग्गा अवैध वा शङ्कास्पद तरिकाले लिजमा उपलब्ध गराउँदा उनीहरूको के(कस्तो भूमिका थियो भन्नेबारे ब्युरोले विस्तृत छानबिन थालेको छ।

1

Scroll to Top