नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाको ३७औँ साधारणसभा तथा १६औँ अधिवेशनबाट आगामी तीन वर्षका लागि सरोजकुमार खनाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। पाँच जना मनोनीतसहित कुल ३१ सदस्यीय कार्यसमितिमध्ये ३ पदाधिकारी र ७ कार्यसमिति सदस्य गरी १० पदका लागि मात्र मतदान भएको थियो भने बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन गरियो।
निर्विरोध हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, चितवन उपाध्यक्षमा शङ्कर गिरी, वीरगञ्ज उपाध्यक्षमा विनोदकुमार मानन्धर, हेटौँडा उपाध्यक्षमा शालिकराम ढकाल र महासचिवमा राजेश खड्गी रहेका छन्। यसैगरी यात्रुवाहक सचिवमा गुणराज घिमिरे, मालवाहक सचिवमा सुरेश खड्गी, दुर्घटना सचिवद्वयमा कपिलबहादुर बानियाँ र देवनारायण लामिछाने, चितवन सचिवमा विष्णुप्रसाद पन्थीका साथै सदस्यहरू डम्बरबहादुर गोपाली, नवीन भण्डारी, गोकुल बर्तौला, श्यामप्रसाद उप्रेती र इन्द्रकुमार त्रिपाठी पनि निर्विरोध निर्वाचित भएका छन्।
अर्कोतर्फ, सङ्घका कानुनी सल्लाहकार अधिवक्ता ईश्वर ढकालका अनुसार चुनावी प्रतिस्पर्धा भएका पदहरूमा काठमाडौँतर्फको उपाध्यक्षमा केशवराज उप्रेती ७७२ मत, कोषाध्यक्षमा ठाकुरनाथ सुवेदी ८५७ मत र सहकोषाध्यक्षमा कुमार बर्तौला ९४७ मत ल्याएर विजयी भएका छन्।
उनीहरूका प्रतिस्पर्धीहरू क्रमशस् माधव सुवेदीले ४१३ मत, राजन पन्तले २७४ मत र वासुदेव तिमिल्सिनाले १५२ मत प्राप्त गरे। त्यस्तै, क्षेत्रगत रूपमा कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा खुला सदस्य (चितवन) तर्फ कमलबहादुर शाह विजयी भए भने हेटौँडा क्षेत्र (खुला) तर्फ इन्द्रकुमार भोलन, गोविन्द रेग्मी, पुरुषोत्तम पुडासैनी (भाञ्जा), तिलकबहादुर कार्की, भीमप्रसाद बास्तोला (श्याम) र विष्णुलाल श्रेष्ठ चुनाव जितेर कार्यसमितिमा आउन सफल भएका छन्।


