Banijya News

प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सांसद राईको माग

1
1.1K Shares

प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको एक विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउन माग गरेका छन । आफूले लामो समयदेखि यो माग उठाउँदै आए पनि सरकारले कुनै वास्ता नगरेको भन्दै उनले आक्रोश पोखे । सरकारको मौनतालाई व्यङ्ग्य गर्दै उहाँले ुढुंगा बोल्ला तर सरकार नबोल्नेु प्रवृत्ति देखिएको टिप्पणी गरे ।

सांसद राईले प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर छँदा फेसबुकमार्फत सिंहदरबार जलाउने भनी दिएको धम्कीपूर्ण अभिव्यक्तिको स्मरण गराए । कोटेश्वरमा श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले जाँच गरेको झोकमा आएको उक्त फेसबुक स्टेटसलाई अहिले पनि गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ। सो अभिव्यक्ति गल्तीवश आएको भए प्रधानमन्त्रीले संसद्मै आएर फिर्ता लिनुपर्ने माग उनले राखे ।

यसैगरी, वर्तमान सरकारले गरिब र श्रमिक वर्गको हितमा काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने ठ्याक्कै उल्टो काम गरिरहेको आरोप सांसद राईले लगाए । सरकारले पठाओ राइडर, सुकुम्वासी, साना व्यवसायी र श्रमजीवी नागरिकहरूलाई प्रोत्साहन गर्नुको साटो उल्टै दबाबमा पारेर निमोठ्ने काम गरिरहेको दाबी गर्दै उनले यस्ता जनविरोधी गतिविधि तत्काल रोक्न चेतावनी दिए ।
लामो समयदेखि सरकारी सेवामा रहेका करार तथा ज्यालादारी कर्मचारीहरूलाई ठेकेदारमार्फत व्यवस्थापन गर्न लागिएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयो। करिब दुई दशकदेखि कार्यरत ती कर्मचारीहरूलाई सर्वोच्च अदालतको आदेशबमोजिम महँगी भत्ता र सामाजिक सुरक्षा कोष लगायतका सेवा९सुविधा तत्काल उपलब्ध गराउन उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

1

Scroll to Top