अरुण काबेली पावर लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्वा हाइड्रोपावर लिमिटेडको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले ‘विद्युत् सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८’ को दफा ११ को व्यवस्था बमोजिम यो सेयर बिक्री प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।
यसरी बिक्री गर्न लागिएको उक्त ३ लाख कित्ता सेयर सर्वसाधारणले दोस्रो बजार ९नेप्से० मार्फत खरिद गर्न सक्नेछन्। अरुण काबेली पावरले इङ्वा हाइड्रोपावरमा रहेको आफ्नो संस्थापक वा स्वामित्वको सेयर दोस्रो बजारमार्फत नै बिक्री खुल्ला गर्ने जनाएको हो।


