एभरेष्ट कलर लिमिटेडको कुल ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ मार्फत निष्कासन गरेको ७ लाख ९० हजार कित्ता साधारण सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर गरी कुल ३० लाख कित्ता सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर दोस्रो बजारमा आउँदो साउन १ गतेदेखि कारोबारमा आउने तयारीमा छ। यसको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ भने दोस्रो बजारमा पहिचानका लागि ुइसीएलु स्टक सिम्बोल प्रदान गरेको छ।


