Banijya News

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

1
1.1K Shares

धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार यो थुनछेक आदेश जारी गरेको हो।

अदालतले बिमासम्बन्धी कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको छ। त्यस्तै धितोपत्रसम्बन्धी कसुरतर्फ अग्रवाललाई थप डेढ करोड रुपैयाँ र भट्टलाई थप एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिइएको छ।

1

Scroll to Top