Banijya News

सिद्धार्थ बैंकको नयाँ योजना सुन धितो राखेर ५० लाखसम्म कर्जा पाइने

1
1.0K Shares

 

सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको आकस्मिक वित्तीय आवश्यकतालाई पूरा गर्न ुसिद्धार्थ गोल्ड लोनु नामको नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत सेवाग्राहीहरूले आफूसँग भएको सुन तथा सुनका गरगहनाहरू बैंकमा धितो राखेर आकर्षक र सुलभ ब्याजदरमा सजिलै कर्जा लिन सक्नेछन्। यो वित्तीय सुविधा व्यक्तिगत गर्जो टार्न र व्यावसायिक कार्य विस्तार गर्न दुवै प्रयोजनका लागि उपयोग गर्न मिल्ने बैंकले जनाएको छ।

यस स्वर्ण कर्जा योजना अन्तर्गत ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्मको ऋण सुविधा प्राप्त गर्न सक्नेछन् भने बैंकले धितो राखिएको सुनको मूल्याङ्कनका आधारमा बढीमा ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। ग्राहकहरूलाई छिटो, छरितो र सुरक्षित माध्यमबाट बैंकिङ सेवा दिने उद्देश्यले सुरु गरिएको यो सुविधा हालका लागि काठमाडौंको न्यूरोड गेट शाखाबाट मात्र लिन सकिनेछ।

1

Scroll to Top