Banijya News

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

1
1.1K Shares

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टर बैंक क्युआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो।

यी सेवाहरू अन्तर्गत डलर कार्डमार्फत अन्तर्राष्ट्रिय वेबसाइट तथा ई–कमर्स प्लेटफर्महरूमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ भने पीओएस टर्मिनलले व्यवसायीहरूलाई कार्डमार्फत नगदरहित डिजिटल भुक्तानी लिन सहज बनाउनेछ। साथै, इन्टर बैंक क्युआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य बैंकका ग्राहकले पनि क्युआर स्क्यान गरी गरिमा विकास बैंकका शाखाबाट सजिलै नगद झिक्न सक्नेछन्।

डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आएको यस क्ष्क्इ मान्यता प्राप्त विकास बैंकले देशभरका १२६ शाखा, ५१ एटीएम र आधुनिक डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

1

Scroll to Top