भिजन लुम्बिनी ऊर्जा लिमिटेडले श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि.मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। असार २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लगानी गर्ने निर्णय गरेको हो।
यसअघि, श्रेष्ठ इनर्जी सोलुसनले प्रवर्द्धन गरेको १३ मेगावाटको ‘अपर सेती–१ जलविद्युत आयोजनाुलाई भिजन लुम्बिनीको २५ मेगावाटको ‘सेती नदी जलविद्युत आयोजनाुको क्यासकेड आयोजनाका रूपमा अघि बढाउन सैद्धान्तिक सहमति भइसकेको थियो।
उक्त सहमति अनुसार, आफ्नो भौतिक पूर्वाधार र सुविधाहरू प्रयोग गर्न दिएबापत भिजन लुम्बिनीले श्रेष्ठ इनर्जीबाट १५ करोड रुपैयाँ प्राप्त गरेको थियो। अहिले कम्पनीले सोही रकमलाई अपर सेती–१ जलविद्युत आयोजनाको निर्माण र विकासका लागि श्रेष्ठ इनर्जीकै सेयर ९लगानी० मा फिर्ता पठाउने निर्णय गरेको हो।


