Banijya News

धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा

1
1.1K Shares

जेएसभी एजी गाडीहरूको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक ‘एमजी सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार, दक्ष प्राविधिक, ओरिजिनल स्पेयर पार्ट्स र पारदर्शी एवं प्रतिस्पर्धी सेवा शुल्कसहित खुलेको यस सेन्टरले एमजीका ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) दिने लक्ष्य राखेको छ।

यस नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले आगामी २२ जुलाईदेखि २९ जुलाई २०२६ सम्म ७ दिने “ग्रान्ड ओपनिङ सर्भिस क्याम्प” आयोजना गर्दैछ। यस क्याम्पमार्फत नयाँ तथा पुराना ग्राहकहरूलाई उत्कृष्ट सेवाको अनुभव गराउनुका साथै नयाँ प्रविधिसँग परिचित गराइने कम्पनीले जनाएको छ। ग्राहकहरूको गाडी चढ्ने अनुभवलाई अझ सहज, भरपर्दो र गुणस्तरीय बनाउन यो सेन्टर स्थापना गरिएको हो।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार, यो समर्पित एमजी सर्भिस सेन्टरको सुरुवात ग्राहकप्रतिको प्रतिबद्धताको एउटा महत्वपूर्ण पाटो हो। उनले ग्राहकहरूलाई गाडी बिक्री गरेपछिको उत्कृष्ट सेवा नै सफल व्यावसायिक सम्बन्धको मुख्य आधार भएको विश्वास व्यक्त गरे।

1

Scroll to Top