माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन तहलाई थप सबल र प्रभावकारी बनाउने उद्देश्यले दुई वरिष्ठ अधिकारीलाई माथिल्लो पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा पदोन्नति गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सिनियर डीसीईओ प्रसिद्धराज अर्याल बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी लामो अनुभव बोकेका परिपक्व बैंकर हुन्। काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए) पूरा गरेका अर्यालसँग कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तजस्ता विविध क्षेत्रमा कार्यकुशलता प्रदर्शन गरिसकेको अनुभव छ। माछापुच्छ्रे बैंकमा आबद्ध हुनुअघि उनले सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सफलतापूवर्क सम्हालिसकेका छन्।
त्यसैगरी, डीसीईओ पदमा बढुवा भएका सुभाष जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रका अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्। भारतको ुइन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाुबाट सीए उपाधि हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक तथा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९एआईटी० बाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स गरेका छन्। दुवै अधिकारीको व्यावसायिक दक्षता र अनुभवले नेपाली वित्तीय क्षेत्रमा बैंकको साख थप उच्च बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।


