नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूलाई सवारी साधन खरिद अझ सहज बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत अब बजाजका मोटरसाइकल खरिद गर्दा ऋण चुक्ता गर्ने अवधि ३ वर्षबाट बढाएर अधिकतम ५ वर्ष (६० महिना) पुर्याइएको छ।
यसका साथै ऋणको ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ, जसले गर्दा मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्न गई नयाँ खरिदकर्ता, युवा तथा जागिरे वर्गका लागि मोटरसाइकलको स्वामित्व लिन थप सहज हुनेछ। यो सुविधा प्लाटिना १०० इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ।
नयाँ व्यवस्था अनुसार प्लाटिना १००इएस को मासिक किस्ता ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँ पुगेको छ भने डोमिनार ४०० को मासिक किस्ता ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँमा झरेको छ। यसैगरी पल्सर श्रेणीका १२५, एन१२५, १५०, एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४००जेड लगायतका अन्य सबै मोडेलहरूमा पनि किस्ता रकम घटेकाले ग्राहकहरूले हरेक महिना ठूलो रकम बचत गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभई ग्राहकको मासिक बजेटको चुनौतीलाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन योजना हो। नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भमार्फत उपलब्ध गराइने यो सुविधा देशभरका सबै एचएच बजाज शोरुमहरूबाट प्राप्त गर्न सकिनेछ। ग्राहकको आवश्यकता र बजारको मागअनुसार आगामी दिनहरूमा पनि यस्तै खरिद-मैत्री योजनाहरू ल्याउँदै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


