Banijya News

प्रधानमन्त्री ओली र प्रचण्डको सम्बन्ध चिसिदै

1
1.1K Shares

चैंत ३०, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए । काम थियो ( डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने । गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे ।
गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे ।
गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे ।
सूचीमा राष्ट्रिय सुरक्षा परिषदमा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए । दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए ।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय ग¥यो । दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे । तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन् ।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके । महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो । योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन ।
प्रधानमन्त्री ओलीले १९ फागुनमा अस्पताल भर्ना हुन जानुअघि र फर्केपछि विभिन्न विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्ति गरे। कृषि विश्वविद्यालयवाहेक अन्यमा नियुक्ति भइसकेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन्, तैपनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि पनि पूर्वमाओवादी धारले निकै ‘पापड’ पेल्नुपरेको थियो।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ । गत ४ मंसिरमा ओली र दाहालबीच कार्यविभाजन भएयता सम्बधमा चिसिएको छ । अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन ।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन् । ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

1

Scroll to Top