काठमाडौं – प्रोड्यूसरसँग विबाह गर्न नमान्दा भारतीय नायिका माथि चक्कु प्राहर भएको छ । बलिउड अभिनेत्री मालवी मल्होत्रालाई प्रोड्यूसर योगेशले चक्कु प्रहार गरेका हुन् । सोमबार बेलुका अभिनेत्री चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । योगेश उनका फेसबुकका साथि हुन् । आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश मालवीले चक्कु प्रहार गरेको अभिनेत्री मालवीको आरोप छ ।
उनीमाथि मुम्बईको बर्सोवा क्षेत्रमा चक्कु प्रहार भएको हो । अभिनेत्री मालवीले आफूमाथि चक्कु प्रहार गर्ने प्रोड्यूसर योगेश मालवी रहेको बताएकी छिन् ।
घटनापछि मालवीले भनिन् ( ५ मिनेट टाढा कफी पसल थियो, त्यहाँबाट म फर्किरहेकी थिएँ । त्यसपछि अचानक योगेश आफ्नो कारबाट आएर मसँग कुरा गर्न खोजे । त्यसपछि उसले मलाई आफ्नो कार तिर लाग्यो र चक्कु प्रहार गर्यो ।
वास्तवमा ऊ मेरो अनुहारमा आक्रमण गर्न चाहान्थ्यो तर मैले उसको अनुहारमा हात राखिदिए । उसको स्क्वायर मेरो दाहिने हातमा थियो । आक्रमण पछि केही ब्याक्ती आएर आफुलाई अस्पताल लगेको बताएकी छिन् ।


