Banijya News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने

1
1.1K Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनले नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने जनाईएको छ । भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउने छन् ।

त्यस्तै, ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूँजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग घेटघाट गर्ने, १ः३० मा प्रधामन्त्री देउवाद्धारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

1

Scroll to Top