Banijya News

रुकुम पूर्वबाट प्रचण्डकाे उम्मेदवारी दर्ता

1
1.1K Shares

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै दाहालले यो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन्।

यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका दाहालले योपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजेको बताएका छन्। मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

देशभर आजै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन्।

1

Scroll to Top