Banijya News

दलहरूले पठाएको समानुपातिक सूचीको रुजु गर्दै निर्वाचन आयोग

1
1.1K Shares

निर्वाचन आयोगले दलहरुले पेश गरेको समानुपातिक सांसदको सूची रुजु गर्न थालेको छ । राजनीतिक दलहरुले हिजो बुझाएको सुचीमा क्लष्टर अनुसार सूची मिले–नमिलेको रुजु प्रक्रिया अघि बढाएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। जिसीका अनुसार दलहरुले पेश गरेको क्लष्टरअनुसार निर्वाचित हुने उम्मेदवारको सूचीमा त्रुटि नभएको पाइए आजै सार्वाजनिक गर्ने तयारी छ ।

सूचीमा केही त्रुटि भई सच्याउनुपर्ने अवस्थामा भने तीन दिनसम्म समय लाग्न सक्छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ हिजो ११० निर्वाचित उम्मेदवारको नाम आयोगमा पेश गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लष्टरअनुसार ५७ सांसदको सूची पेश गरेको छ । कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चार-चार उम्मेदवारको सूची क्लष्टर मिलाएर पेश गरेका हुन्।

1

Scroll to Top