Banijya News

२३ अर्ब ३४ करोडको आईपीओ स्वीकृति, कुन-कुनले पाए अनुमति ?

1
1.2K Shares

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्ममा २३ अर्ब ३४ करोड माथिको आईपीओ स्वीकृति गरेको छ । बोर्डले चालु आर्थिक वर्षको हालसम्म ११ कम्पनीको आईपीओलाई स्वीकृति दिएको हो । बोर्डले ११ कम्पनीको २३ करोड ३४ लाख २४ हजार ४९५ कित्ता सेयरको लागि अनुमति दिएको हो ।

चालु आर्थिक वर्षमा आईपीओ अनुमति पाएका कम्पनीहरुको २३ अर्ब ३४ करोड २४ लाख ४९ हजार ५०० रुपैयाँको आईपीओलाई बोर्डले स्वीकृति दिएको छ । स्वीकृति भएका कम्पनीमध्ये केही कम्पनीको आईपीओ जारी भएर बाँडफाँट गरि दोस्रो बजारमा कारोबार समेत भइसकेको छ । केही कम्पनीको आईपीओमा आवेदन खुल्ला हुने चरणमा रहेको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार अहिले पनि ५५ अर्ब ४० करोड ३२ लाख ५४ हजार ३६१ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । विभिन्न क्षेत्रका ८५ कम्पनीहरु बोर्डको स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरुको ३८ करोड ९१ लाख ३६ हजार कित्ता सेयर पाइपलाइनमा रहेको छ । आईपीओको पाइपलाइमा रहेका कम्पनीमध्ये सबै भन्दा धेरै कम्पनी हाइड्रोपाव क्षेत्रका रहेका छन् ।

धितोपत्र बोर्डले हालसम्म विभिन्न ११ वटा कम्पनीहरुलाई आईपीओ जारी गर्नेका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको हालसम्म ११ वटा कम्पनीले आईपीओ जारीको अनुमति पाएका हुन् । चालु आर्थिक वर्षमा सबै भन्दा पहिले आईपीओ जारीको अनुमति पाउने कम्पनी हो सागर डिस्टीलरी । यो कम्पनीले साउन १२ गते आईपीओ जारीको लागि अनुमित पाएको थियो । त्यस्तै साउन १३ गते श्रीनगर एग्रीटेकले पनि आईपीओ जारी गर्ने अनुमति पाएको थियो ।

त्यस्तै एसवाइ प्यानलले भदौ १७ गते आईपीओ जारीका लागि अनुमति पाएको थियो । सालपा विकास बैंकले मंसिर ८ गते आईपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यस्तै सोलु हाइड्रोपावरले मंसिर २४ गते आईपी जारीको अनुमति पाएको थियो । यी कम्पनीमध्ये सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो भने सोलु हाइड्रोले यहि पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्दै छ ।
त्यस्तै अनुमति पाएका अन्य कम्पनीहरुमा भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट इन्डस्टीज र शिखर पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी हरेको छ ।

1

Scroll to Top