May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

पूनर्निर्माणका लागि विश्व बैंकको थप २० करोड डलर ऋण सहयोग

पूनर्निर्माणका लागि विश्व बैंकको थप २० करोड डलर ऋण सहयोग

माघ ३, काठमाडौं ।
भूकम्पपछिको पूनर्निर्माणका लागि विश्व बैंकले नेपाललाई थप २० करोड डलर ऋण सहयोग गर्ने भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा ८६ हजार ६ सय ८० घर निर्माणका लागि सो ऋण उपलब्ध गराउन लागिएको हो । भूकम्पपछिको भवन पुनर्निर्माण परियोजना ईएचआरपी अन्तर्गत सो रकम सहयोग गर्न लागेको हो । परियोजना अन्तर्गत विश्व बैंकले थप ९६ हजार घर निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
लाभग्राही सूचीमा रहेका कोही पनि नछुटुन् भन्ने उद्देश्यले सो सहयोग उपलब्ध गराउदै आएको विश्व बैककले जदाउँदै आएको छ । बैंकले घर मात्र नभई जनजीवन सहज बनाउँने उदेश्यले सहयोग गर्दे आएको हो । सन् २०१५ मा स्वीकृति प्राप्त गरेको इएचआरपीले यसअघि ५५ हजार भवन निर्माणका लागि ३० करोड डलर उपलब्ध गराएको थियो ।

Advertisement