Banijya News

ए डिभिजन क्लबलाई महानगरको १० लाख सहयोग

1
1.1K Shares

असार २२, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ए डिभिजन फुटबल क्लबहरुलाई १० लाख रकम सहयोग गरेको छ । खेलकुद विकास तथा प्रवर्द्धनका लागि महानगरले महानगरपालिका क्षेत्रभित्र रहेका ए डिभिजनका छ वटा क्लबलाई १०–१० लाख रकम नगद सहयोग गरेको हो ।


महानगरले ए डिभिजन क्लब मछिन्द्र, मनाङ मर्स्याङ्दी, हिमालय शेर्पा, एनआरटी, संकटा र सरस्वती क्लबलाई १० लाख रकम हस्तान्तरण गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी दिनमा महानगरसँग मिलेर धेरै कार्य गर्ने तर्जुमा भए पनि कोरोनाका कारण अघि बढ्न नसकेको बताए ।


यसअघि महानगरले ए डिभिजन क्लबलाई १० लाख, बी डिभिजन क्लबलाई तीन र सी डिभिजन क्लबलाई दुई लाख दिने निर्णय गरेको थियो । एकैपटक नसकिएकाले अर्को वर्ष बी डिभिजन क्लबलाई तीन लाख थपेर छ र सी डिभिजन क्लबलाई दुई थपेर रकम हस्तान्तरण गर्ने महानगरको प्रतिबद्धता रहेको छ ।

1

Scroll to Top