Banijya News

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर !

1
1.1K Shares

अमेरिकाले नेपाललाई दिँदै आएको कर छुट सुविधा अन्त्य भएको छ । भूकम्पपछि सन् २०१५ यता अमेरिकाले सहयोगस्वरुप विभिन्न ७७ वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा अन्त्य भएपछि नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने भएको हो ।

निर्यातकर्ताहरूले सुविधा निरन्तरताको लागि पहल गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा सफलता हासिल गर्न सकेन । अमेरिकाले दिएको कर छुट सुविधा प्रयोग गरी नेपाली पस्मिनाका सल, मफलर, टोपीलगायतका ४८ वस्तुहरू अमेरिकामा निर्यात हुँदै आएका छन् । छुट सुविधा दिए पनि बाँकी वस्तु भने निर्यात हुन सकेका थिएनन् ।

यो सुविधा अन्त्य भएसँगै नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रमेश बहादुर पोखरेल बताउँछन् । सुविधा अन्त्य हुने समय नजिकिएसँगै निर्यातकर्ता सम्बद्ध व्यावसायिक संघका पदाधिकारीहरूले सुविधा निरन्तरताको लागि पहल गरिदिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले यसका लागि पहल गरे पनि छुट सुविधा अन्त्य हुने दिनसम्म यसको परिणाम नदेखिएको पोखरेल बताउँछन् ।

२६ प्रतिशतमध्ये १० प्रतिशत अमेरिकाले लगाएको बेसलाइन ट्यारिफअन्तर्गतको हो भने बाँकी छुट सुविधा अन्त्य भएबापतको हो । यसअघि सबै वस्तुमा १० प्रतिशत करि तिर्नुपरेकोमा अब २६ प्रतिशतसम्म तिर्नुपर्नेछ । अमेरिकाले दिँदै आएको सुविधा घटेसँगै अब अमेरिकामा जाने सामान ६ देखि १६ प्रतिशत महँगो पर्नेछ । यसले प्रतिस्पर्धात्मक क्षमता घटाउने व्यवसायीहरू बताउँछन् । यसले उत्पादनदेखि रोजगारीसम्मै असर पर्न सक्ने देखिन्छ ।


अहिले अमेरिकाले लगाएको रेसिप्रोकल ट्यारिफका कारण भने नेपाली निर्यातकर्ताको प्रतिस्पर्धी क्षमता बढेको छ । अहिले अमेरिकाले भारत, बङ्गलादेशलगायत देशसँग ठूलो मात्रामा रेसिप्रोकल ट्यारिफ असुल गर्दै आएको छ । जुन नेपालका लागि शून्य प्रतिशत छ । गार्मेन्टको निर्यातमा बङ्गलादेश र भारत नेपालको प्रमुख प्रतिस्पर्धी देश मानिन्छन् ।

1

Scroll to Top