Banijya News

बागमती प्रदेश सरकारद्धारा लक्ष्यको २५.८४ प्रतिशत राजस्व संकलन

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५.८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुबै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन हुने अनुमान गरिएकामा साउन महिनादेखि पुस महिनासम्ममा लक्ष्यको ३१.४८ प्रतिशत अर्थात् नौ अर्ब ७२ करोड ५० लाख २८ हजार राजस्व संकलन भएको छ ।

उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकमा छ महिनाको अवधिमा दुई अर्ब एक करोड ६६ लाख ९० हजार राजस्व संकलन भएको छ । यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा आठ अर्ब २५ करोड अनुमान गरिएकामा पुस महिनासम्ममा दुई अर्ब ६३ करोड ८३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।

यस्तै प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा तीन अर्ब ६९ करोड ५४ लाख ९० हजार संकलन भएको छभने अन्त:शुल्क करबापत चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब २८ करोड १० लाख ८२ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा छ महिनाको अवधिमा त्यसको ३८.७८ प्रतिशत अर्थात् पाँच अर्ब ७४ करोड ७५ लाख ३० हजार प्राप्त भएको छ ।

यस्तै चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा छ महिनाको अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात् एक अर्ब ८७ करोड २२ लाख ४५ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top