Banijya News

भ्रमण वर्षभर विदेशी पाहुनाले पाउनेछन् होटलमा छुटै छुट

1
1.3K Shares

१५ कात्तिक, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई भव्य तथा सभ्य बनाउने बहस चलिरहेका बेला होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको छ ।
हानले एक वर्षभर आफ्नो कोठाको मूल्यमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेको हो । यो छुट हानका सदस्य होटेलमा मात्र उपलब्ध हुनेछ ।
भ्रमण वर्ष सन् २०२० को घोषणा गर्नेमा भने पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री स्व. रविन्द्र अधिकारी थिए । उनले २ चैत, २०७४ मा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पहिलो निर्णयस्वरूप ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका थिए । अधिकारीकै पहलमा सरकारले भ्रमण वर्ष कार्यक्रमलाई आर्थिक वर्ष २०७५ र ७६ को नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।

1

Scroll to Top