Banijya News

इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

1
1.2K Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २७ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।

सभा होटल हार्दिक, बागबजार, काठमाडौंमा विहान ९ बजे सुरु हुनेछ । सभाले हकप्रद शेयर निष्कासन प्रस्तावलाई स्वीकृति प्रदान गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । संस्थापक समूहबाट पाँच जना र सर्वसाधारणबाट एक जनासँगै स्वतन्त्र समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आर्थिक वर्षको लेखा परिक्षक नियुक्तीसँगै पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि पुस २० गते एक दिन बुक क्लोज गर्न लागेको कम्पनीको सभामा पुस १७ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र भाग लिन पाउनेछन् ।

1

Scroll to Top