Banijya News

चीनको नयाँ सरकारी निर्णयका कारण ईभी बजारमा ठुलो गिरावट आउने संकेत

1
1.2K Shares

चीन सरकारले विद्युतीय साधनमा दिँदै आएको उत्पादनमा आधारित अनुदान कटौती गर्ने भएसँगै न्यू इनर्जी भेहिकलको बिक्रीमा उच्च गिरावट आउने पूर्वानुमान गरेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव कुई डोङ्शुले आफ्नो विच्याट एकाउन्टमा सन् २०२५ को चौथो त्रैमासिकको तुलनामा २०२६ को पहिलो त्रैमासिकमा नयाँ ईभीको माग ३० प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । उनले त्यसको असर लिथियम ब्याट्री उत्पादकमा पनि पर्ने बताएका छन् ।

कार उत्पादकहरूले सन् २०२५ को अन्तिममा ठूलो परिमाणमा कार उत्पादन गरेर बजारमा पठाएको कारण पनि नयाँ वर्षको सुरुवातमा कारको बजार कमजोर हुने महासचिव कुईले दाबी गरेका छन् ।

चीनमै कमजोर भए पनि बाहिर ब्याट्रीको माग उच्च रहने भएको कारण ब्याट्री निर्माताहरूले निर्यातलाई जोड दिन सक्ने कुईको विचार थियो । चीनबाट युरोपियन र अमेरिकी कार निर्माताहरूद्धारा ब्याट्री खरिद गरिनेछ।

निरन्तर न्यू इनर्जी भेहिकल र हाइभोल्टेज ब्याट्रीको माग चीनमा बढ्दै गएको थियो । सरकारले दिने अनुदानमा कटौती गर्ने घोषणा यसअघि नै गरेको कारण कार निर्माताहरूले पनि त्यसको तयारी भइरहेको यसअघि नै जनाएका थिए । ठूला कार निर्माताले आफैँ मूल्य कटौती गर्ने योजना समेत अगाडि बढाएका छन् ।

1

Scroll to Top