Banijya News

सेयर बजारमा म्युचुअल फन्डहरुको ५२ अर्ब ७९ करोड लगानी, कुनको कति ?

1
1.2K Shares

सेयर बजारमा म्युचुअल फन्डहरुको लगानी क्रमशः बढ्दै गएको छ । सञ्चालनमा रहेका सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुले मंसिर महिनासम्म आइपुग्दा सूचीकृत कम्पनीको सेयरमा कुल ५२ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो महिना कात्तिकको तुलनामा ५.३१ प्रतिशतले बढी हो ।

नेपाल धितोपत्र बोर्ड तथा फन्ड व्यवस्थापक कम्पनीहरुले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक महिनामा म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी ५० अर्ब १२ करोड रुपैयाँ थियो । मंसिरमा सेयर बजारमा केही सुधार देखिएसँगै फन्डहरुले आफ्नो लगानी विस्तार गरेका हुन् ।

सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको मंसिरसम्म समग्रमा २ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, कात्तिकसम्म फन्डहरु ४ अर्ब २४ करोड घाटामा थिए । कात्तिकको तुलनामा फन्डहरुको नोक्सानी घटेको छ ।

मंसिर महिना सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी घटेको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा उतारचढाव आउँदा नाफा वा घाटा पनि तलमाथि हुने गर्छ ।

यता, ५३ मध्ये ८ वटा म्युचुअल फन्डहरुले मात्र नाफा कमाएका छन् । बाँकी सबै घाटामा छन् । रिपोर्ट अनुसार मंसिर महिनामा फन्डहरुको सेयर बजारमा ५२ अर्ब ७९ करोड ७ लाख रुपैयाँ लगानी रहेको देखिएको छ । यो अघिल्लो महिनाको भन्दा ५.३१ प्रतिशत धेरै हो । अघिल्लो महिना फन्डहरुको सेयर बजारमा ५० अर्ब १२ करोड लगानी थियो ।

कुन म्युचुअल फन्डको सेयर बजारमा कति लगानी ?

सञ्चालनमा रहेका सामूहिक लगानी कोषमध्ये सेयर बजारमा सबैभन्दा धेरै लगानी एनआइबीएल सहभागिता फन्डको रहेको छ । यस अवधिसम्म आइपुग्दा यो फन्डको सूचीकृत कम्पनीको सेयरमा ६ अर्ब ३८ करोड भन्दा धेरैको लगानी रहेको छ । कात्तिकमा ६ अर्ब १ करोड रुपैयाँ लगानी थियो । त्यस्तै, एनएमबि सरल बचतको ३ अर्ब ५३ करोड लगानी रहेको छ ।

२० वटा फन्डहरुको लगानी १ अर्ब भन्दा धेरै छ । समग्रमा म्युचुअल फन्डहरुले ५२ अर्ब ७९ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ५.३१ प्रतिशत धेरै हो ।

प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै ११.९१ रुपैयाँ छ । त्यस्तै, प्रभु सेलेक्ट फन्डको न्याभ ११.६४ रुपैयाँ छ । ५३ मध्ये ५ वटाको न्याभ ११ रुपैयाँ भन्दा धेरै छ । यता, २७ वटाको उक्त भ्याल्यू १० रुपैयाँ भन्दा कम देखिएको छ ।

सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले मंसिर महिनासम्म समग्रमा २ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना यिनीहरुले ४ अर्ब २४ करोड नोक्सानी व्यहोरेका थिए । ५३ वटा फन्डमध्ये ८ वटा मात्र नाफामा छन् ।

AMT In Rs: 000

1

Scroll to Top