Banijya News

सिंचाइ विभागका योजनाका लागि ३ अर्ब ६८ करोड फुकुवा

1
1.1K Shares

जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिनुपर्ने कार्यक्रम तथा योजनाहरूका लागि रोक्का रहेको ३ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ फुकुवा गरिएको छ । नेपाल सरकार सचिवस्तरीय निर्णयअनुसार उक्त रकम फुकुवा गरिएको हो ।

विभागका अनुसार योजनाहरूको प्राविधिक तथा प्रशासनिक तयारी पूरा भई ठेक्का प्रक्रियामा जानुपर्ने भएकाले विभिन्न बजेट उपशीर्षकअन्तर्गत रोक्का रहेको रकम फुकुवा गरिएको जनाइएको छ । बजेट उपशीर्षक नं. ३०८०३१२५ का लागि २७ करोड रुपैयाँ, ३०८०३१२७ का लागि ६९ करोड रुपैयाँ, ३०८०३१२३ का लागि ६० करोड ३४ लाख रुपैयाँ, ३०८०३११७ का लागि ७० करोड ९८ लाख रुपैयाँ, ३०८०३११८ का लागि ४५ करोड रुपैयाँ तथा ३०८०३१०६ का लागि ९६ करोड ३३ लाख रुपैयाँ फुकुवा गरिएको हो ।

फुकुवा गरिएको रकम चालु आर्थिक वर्षभित्रै सम्झौता तथा ठेक्का प्रक्रिया अघि बढाई योजनाहरू कार्यान्वयनमा लैजान प्रयोग गरिने विभागले जनाएको छ । रकम फुकुवा भएसँगै जलस्रोत तथा सिंचाइसम्बन्धी विकास आयोजना समयमै अघि बढ्ने र सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

1

Scroll to Top