Banijya News

ओलीको बयान लिन पत्र काट्दै जाँचबुझ आयोग

1
1.2K Shares

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले सभापति केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्र काट्ने भएको छ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीलाई बयानमा बोलाउन पत्र पठाउन लागेको जानकारी दिएका हुन्।

एमाले अध्यक्ष ओलीले भने आयोगमा बयान नदिने बताउँदै आएका छन्। उनले आफूलाई गोली हाने पनि बयान नदिने अडान लिइरहेका छन्।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार दोस्रो चोटि बयान लिएको थियो। लेखकको बयान पूरा भइसकेको कार्कीले जानकारी दिए।

जाँचबुझ आयोगको समयसीमा तीन महिनाको भए पनि काम नसकिएकाले थप एक महिना म्याद थप भएको छ। उनले आयोगका कामका विषयमा सरकारसँग कुरा भएको पनि बताए।

1

Scroll to Top