Banijya News

विजय लघुवित्तको एफपीओमा मागभन्दा ४२.०८ गुणा बढी आवेदन

1
1.1K Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको थप सार्वजनिक निष्कासन एफपीओमा मागभन्दा ४२.०८ गुणा बढी आवेदन परेको छ।

आज पुस २३ गते बिहान १० बजेसम्म कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयरका लागि ल्याएको एफपीओमा १९ लाख ६४ हजार ७ सय ४१० कित्ताका लागि आवेदन परेको हो।

यस एफपीओमा १६ लाख ७४ हजार ६८० जना लगानीकर्ताले १ अर्ब ९६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्।

पुस २१ गतेदेखि निष्कासन खुला गरिएको यो एफपीओमा लगानीकर्ताले पुस २४ गते आवेदन दिन पाउनेछन् ।

लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top