Banijya News

पार्टीको आधिकारिकताबारे आयोगसँग छलफलमा खड्का

1
1.1K Shares

नेपाली कांग्रेसको देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादु खड्कासहितका नेता यति बेला निर्वाचन आयोग पुगेका छन् । देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आयोग पुगेका हुन् ।

खड्का माथिल्लो तलामा आयोगसँगको छलफलमा रहेका छन् । तल कार्यकर्ताको भीड छ । खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा,नैनसिंह महरलगायत नेता त्यहाँ पुगेका हुन् ।

बिहीबार (माघ) गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

1

Scroll to Top