Banijya News

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले क्यानलाई वार्षिक ८० लाख प्रायोजन गर्ने

1
1.1K Shares

नेपाल क्रिकेट संघ (क्यान) लाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने भएको छ । शुक्रबार क्यानले एक्स्ट्रिम इनर्जी ड्रिंक्स र संघबीच वार्षिक ८० लाख रुपैयाँ प्रायोजन गर्ने गरी सम्झौता भएको जनाएको हो । क्यानले यो सम्झौतापछि एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई राष्ट्रिय महिला टिमको ‘प्रिन्सिपल स्पोन्सर’ को रूपमा घोषणा गरेको छ ।

क्यानका अनुसार सम्झौता दुई वर्षसम्म कायम रहनेछ । क्यानले राष्ट्रिय महिला टिमको विकासको निम्ति संघ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सले शंकल्प गरेको जनाएको छ ।

“नेपाल क्रिकेट संघ (क्यान) एक्स्ट्रिम इनर्जी ड्रिंक्सप्रति हार्दिक धनयवाद व्यक्त गर्दछ । यो सम्झौताले महिला क्रिकेटहरूलाई थप हौसला प्राप्त प्रदान गर्ने र देशभरिका नयाँ पुस्ताहरूलाई प्रोसाहित गर्न सहयोग गर्नेछ । संघ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सम्झौता महिला एथलिट्सहरूको वृद्धिविकास र नेपालमा महिला क्रिकेटको दिगो विकासको निम्ति हो,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

1

Scroll to Top