आइतबार भित्र आधिकारिकता विवाद समाधान गर्न शेरबहादुर देउवा पक्षले गरेको आग्रह सर्वोच्च अदालतले अस्वीकार गरेको छ। निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन वैध ठहर गर्दै गगन थापा पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट निवेद दर्ता गरेर आइतबार नै सुनुवाइ गरिनदिन आग्रह गरे पनि सर्वोच्च प्रशासनले भने नियमावलीले नमिल्ने जवाफ दिएको छ। खड्काले राजनीतिक मुद्दाका रुपमा नलिइ आइतबार नै पेशी तोकर सुनुवाइ गरिदिन मुद्दा महाशाखा प्रमुख अर्जुनप्रसाद कोइरालालाई आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन्। काइरालाले भने, ‘सर्वोच्च अदालतको नियमावली २०४९ ले यस्ता विषयमा आजै मुद्दा दर्ता गरेर तत्कालै सुनुवाइ गर्न मिल्दैन।’


