सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन्। मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गर्न लागेकाले उनले मन्त्री पदबाट राजीनामा दिन लागेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार मन्त्री खरेलले आज साँझ ५ बजेसम्म पदबाट राजीनामा दिएर घन्टीघर जाने कार्यक्रम तय भएको छ। त्यसलगत्तै उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने तयारी गरेका छन्।
मन्त्री खरेलको यो निर्णयले समसामयिक राजनीतिमा नयाँ तरंग सिर्जना गर्ने अपेक्षा गरिएको छ। सन्चार मन्त्री खरेलले यस अघिनै घन्टीघर पुगेर घन्टी बजाउँदै रास्वपा प्रवेश गर्ने संकेत गरेका थिए ।


