आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचारप्रसारमा ठूलो लगानी गरेका छन् । राजनीतिक दल र उम्मेदवारले पछिल्लो ९० दिनमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा ‘स्पन्सर्ड कन्टेन्ट’ मार्फत मात्र करिब पाँच हजार अमेरिकी डलर खर्च गरेका छन् ।
राष्ट्रिय परिवर्तन पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी, वीरेन्द्रबहादुर बस्नेतको सचिवालय, श्री गुरुङ, सुनीलकुमार शर्मा र आरएसपी कभरेज लगाएत नाम राखिएका दल तथा उम्मेदवारहरूको एकाउन्ट मार्फत पाँच हजार नौ सय ८५ रुपैयाँ डिजिटल विज्ञापनमा खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा झण्डै आठ लाख ७० हजार हुन आउँछ ।
कसले कति ?
विशेष गरी राष्ट्रिय परिवर्तन पार्टीले पछिल्लो तीन महिनामा विभिन्न शाखा र युनाइटेड मुभमेन्टमार्फत करिब २ हजार ३ सय डलर खर्च गरेको छ । गतिशील लोकतान्त्रिक पार्टीले १ हजार १०६ डलर, उज्यालो नेपाल अफिसियलले ४६४ डलर र व्यक्तिगत सचिवालयबाट बस्नेतले ६३० डलर खर्च गरेका छन्। समाचार प्रविधि विज्ञ डोभान राईका अनुसार, सामाजिक सञ्जालमा गरिएको विज्ञापनले निर्वाचनमा मतदातासँग सिधा पहुँच बढाउँछ भने कम खर्चिलो र पारम्परिक प्रचारभन्दा बढी प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ । तर त्यहाँ फैलिने मिथ्या जानकारी, कृत्रिम लाइक र नकारात्मक प्रचारका जोखिमहरूबारे पनि विज्ञले चेतावनी दिएका छन् lदल / उम्मेदवार / पेज खर्च (USD) विवरण राष्ट्रिय परिवर्तन पार्टी (मुख्य पेज) 1,199 मुख्य पेजबाट खर्च राष्ट्रिय परिवर्तन पार्टी – ओखलढुंगा शाखा 240 शाखा पेजबाट राष्ट्रिय परिवर्तन पार्टी – जेन–जी युनाइटेड 427 मुभमेन्ट पेजबाट राष्ट्रिय परिवर्तन पार्टी – पाँचथर शाखा 100 शाखा पेजबाट राष्ट्रिय परिवर्तन पार्टी कुल 2,366 सबै शाखा र मुभमेन्ट पेज उज्यालो नेपाल अफिसियल 464 – गतिशील लोकतान्त्रिक पार्टी 1,106 मुख्य पेजबाट 39 विज्ञापन पोस्ट वीरेन्द्रबहादुर बस्नेतको सचिवालय 630 16 वटा स्पन्सर्ड कन्टेन्ट श्री गुरुङ 489 11 वटा विज्ञापन सिटिजन्स फर भोटिङ नेपाल 417 मतदाता साक्षरता सम्बन्धी सुनीलकुमार शर्मा 289 3 वटा विज्ञापन आरएसपी कभरेज (युगेश) 230 निश्चित उम्मेदवार केन्द्रित कुल रकम 5,985 करिब 8.5–8.7 लाख रुपैयाँ
निर्वाचन आयोगले यस पटक विज्ञापनमा पारदर्शिता र डिस्क्लेमर सुनिश्चित गर्न कडाइ गर्ने जनाएको छ। विज्ञापन खर्च कम भए पनि लक्षित निर्वाचन क्षेत्र, वर्ग र लिंगमा प्रभाव पार्न सकिने भएकाले यसको नियन्त्रण महत्वपूर्ण मानिएको छ । नयाँ उम्मेदवार तथा सानो दलका लागि डिजिटल प्रचार घर–घर पुग्ने परम्परागत शैलीभन्दा सस्तो र पहुँचयोग्य माध्यम भएको बताइन्छ । तर, आर्थिक रुपमा सबल उम्मेदवारले बढी विज्ञापन खर्च गरेर आफ्नो उपस्थितिलाई ‘बुस्ट’ गर्न सक्ने हुँदा आयोगले निर्धारित सीमा भित्र खर्चको गणना गर्नुपर्ने सुझाव दिएको छ।
पछिल्ला ७ दिनको विज्ञापन
मेटाले उपलब्ध गराउने ७ दिन अर्थात् २७ पुसदेखि ३ माघसम्मको विवरणमा खर्चको दर केही घटेको देखिन्छ । यस साता राष्ट्रिय परिवर्तन पार्टीले ३ सय ३० डलर खर्चिएको छ । आफूलाई उम्मेदवारका रूपमा अघि सारेका गणेश कार्की र प्रेमकुमार तामाङले ‘डिस्क्लेमर’ बिना विज्ञापन चलाएका छन् । नेकपाका नेता झलनाथ खनाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि फेसबुकमा विज्ञापन देखिएको छ ।
खनालले २१ फागुनको चुनाव भने नलड्ने बताएका छन् । आफूले लड्दै आएको निर्वाचन क्षेत्र यसपालि युवाहरूलाई छाडेको उनको भनाइ छ । डा. पुष्पमणि खरेल र आरके सिंह परागको सचिवालय, अम्मर परियार आर्य र ई. दीपक कर्णले सानै रकमका विज्ञापन चलाएका छन् । सुनीलकुमार शर्मा, मनराज गुरुङ र श्री गुरुङले पनि यो साता थोरै–थोरै खर्च गरेका छन् । सीता ढुंगाना र कमल कोइरालाले साना विज्ञापनहरू पोस्ट गरेका छन् ।
विज्ञापन गर्नेमा राजनीतिक दल मात्र छैनन्, विभिन्न फाउन्डेसन र संस्थाले पनि चुनावको समयमा विज्ञापन गरेका छन् । ‘फेथ एन्ड होप’ नामक पेजले डिस्क्लेमरबिना नै १ सय डलरभन्दा कममा २ वटा विज्ञापन चलाएको छ । ‘नो फिल्टर’ ले १७ वटा विज्ञापन चलाए पनि खर्च १ सय डलर नाघेको छैन । उज्ज्वल थापा फाउन्डेसन र कान्तिपुर कन्क्लेभले पनि सामाजिक विषयमा विज्ञापन चलाएका छन् । चीन, पाकिस्तान र थाइल्यान्डका केही समाचार एजेन्सीहरूले नेपाललक्षित विज्ञापन गरेको देखिएको छ । सीजीटीएन हिन्दी र पाकिस्तान स्विट होमजस्ता पेज यसमा समावेश छन् ।
धेरैजसो विज्ञापन नियमसंगत डिस्क्लेमरबिनै चलाइएको छ । निर्वाचन आयोगले यस पटक विज्ञापनको पारदर्शितामा कडाइ गर्ने जनाइरहेको छ । सामाजिक सञ्जालको विज्ञापनमा गरिने खर्च सानो भए पनि यसको प्रभाव ठूलो हुने, लक्षित निर्वाचन क्षेत्र, वर्ग, लिंगमा पुर्याउन सकिने भएकाले यसलाई गम्भीरतापूर्वक लिने गरिन्छ ।
आयोगले २०७९ को स्थानीय तहको निर्वाचनमा मेटा र टिकटकजस्ता प्रविधि कम्पनीसँग सहकार्य गरी नियमनको प्रयास गरेको थियो । सोही बेलादेखि फेसबुकले आफ्नो एड लाइब्रेरीमा नेपाललाई समावेश गरी यहाँबाट हुने राजनीतिक, सामाजिक र निर्वाचनसम्बन्धी विज्ञापन, त्यसमा गरिएको खर्चलगायत विवरण उपलब्ध गराउन थालेको हो । यसपालि पनि आयोगले सहकार्यको प्रक्रिया अघि बढाएको छ । विशेषगरी मिथ्या, भ्रामक सूचना र घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न यो सहकार्य गर्न खोजिएको छ ।
६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता भएसँगै अब विज्ञापनको बाढी आउने निश्चित छ । दल तथा उम्मेदवारले अबको समयमा आफ्नो बजेट अझै बढाउनेछन् । राजनीतिक दल र उम्मेदवारले डिजिटल प्लाटफर्ममा आफूलाई प्रस्तुत गर्ने शैलीमा एथिकल (नैतिक) र अनएथिकल (अनैतिक) दुवैखाले प्रवृत्ति देखिएको सूचना प्रविधि विज्ञ दोभान राई बताउँछिन् । उनका अनुसार सामाजिक सञ्जालले निर्वाचनमा एक प्रकारको लोकतन्त्रीकरण ल्याएको छ । नयाँ उम्मेदवारका लागि घर–घर पुग्ने वा भौतिक रूपमा प्रचार गर्ने परम्परागत शैलीको तुलनामा डिजिटल प्लाटफर्म बढी पहुँचयोग्य र कम खर्चिला माध्यम बनेका छन् ।


